२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादः करार सेवाका ९ मेडिकल अफिसर हटाइए

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादः करार सेवाका ९ मेडिकल अफिसर हटाइए


बुटवल–राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले करार सेवामा कार्यरत ९ जना मेडिकल अफिसरलाई सेवाबाट हटाएको छ । आइतबार प्रतिष्ठानको कार्यकारी परिषद्ले स्वास्थ्यजस्तो अत्यावश्यक सेवामा काम नगरेको भन्दै ९ जना करार सेवाका चिकित्सकलाई हटाएको हो ।

प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले उनीहरुलाई काम नगरेकाले सेवाबाट निकाष्सन गरिएको बताउँदैं नयाँ पदपूर्तिको प्रक्रिया समेत अगाडि बढाइसकिएको बताइन् । ‘बिरामीको उपचार सेवामा नआएपछि करार भंग गरिएको हो,’ उनले भनिन, प्रतिष्ठानमा नेपाल सरकारको भन्दा आकर्षक तलब र भता पनि खाने बिरामी बाहिर पठाएर कमिसन खान पाउनुपर्छ भन्दै आन्दोलन गर्ने कुन नियमले पाइन्छ ?’

प्रतिष्ठानले करार सेवाबाट हटाएकामा मेडिकल अफिसर डा. प्रितम डिसी, डा. अभ्यास पोखरेल, डा. गौरव आचार्य, डा. मनोज यादव, डा. सुवर्ण बुढा, डा. घना केसी, डा. राजेन्द्र फुलारा, डा. आयुष पौडेल उपाध्याय र डा. कृष्ण रिजाल रहेका छन् । प्रतिष्ठानले डा. यादवलाई भने यसअघि नै करार सेवाबाट हटाएको थियो । उनीहरुको करार अवधि मंसिरसम्म थियो ।

राप्ती प्रतिष्ठानकी उपकुलपति प्रा.डा. भण्डारीको कार्यशैलीको विरोध गर्दै प्रतिष्ठानका २५ जना चिकित्सकहरुले बिहीबार सामूहिक राजीनामाको घोषणा गरेका थिए । उक्त सामूहिक राजीनामा घोषणालाई भण्डारीले नक्कली भएको प्रतिक्रिया दिएकी थिइन् ।

तर, शनिबार भण्डारी उक्त प्रतिक्रिया विरुद्ध २३ जना चिकित्सकहरुले आफूहरुको राजीनामा नक्कली नरहेको भन्दैं विज्ञप्ति निकालेका थिए । उनीहरुले ८ बुँदे माग अगाडि सार्दै उक्त माग २४ घण्टाभित्र पूरा गर्न अल्टिमेटम दिएका थिए ।

प्रतिष्ठान ब्यवस्थापनले भने चिकित्सकहरुको मागको सुनुवाई गर्नुको साटो उनीहरुमध्ये करारमा रहेका चिकित्सकहरुलाई बर्खास्त गर्दै नयाँ भर्ना प्रक्रिया अगाडि बढाएको छ । यसबाट प्रतिष्ठानमा जारी विवाद थप बढ्ने देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ