२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराप्ती प्रतिष्ठान विवादमा : युवा चिकित्सक संघले पनि मुख खोल्यो

राप्ती प्रतिष्ठान विवादमा : युवा चिकित्सक संघले पनि मुख खोल्यो


काठमाडौं—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी चिकित्सक र ब्यवस्थापनबीचको विवादमा युवा चिकित्सक संघले पनि मुख खोलेको छ । आइतबार प्रतिष्ठानले ९ जना करार सेवाका चिकित्सकहरुलाई सेवाबाट हटाएपछि संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सामूहिक राजीनामा दिएका करार सेवाका ९ जना मेडिकल अफिसरहरुलाई सेवाबाट हटाएको प्रति युवा चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघको ५ नं. प्रदेश कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै संघले प्रतिष्ठानलाई ९ जना करार सेवाका चिकित्सक हटाउने निर्णय सच्चाउन माग समेत गरेको छ ।

युवा चिकित्सक संघका ५ नं. प्रदेशका महासचिव डा. अशोक धितालद्वारा जारी विज्ञप्तिमा उपकुलपति प्रा.डा. संगीता भण्डारीबाट नै चिकित्सकमाथि विभिन्न अनुचित बहानामा स्पष्टीकरण, बर्खास्ती, धम्कीलगायतका मनोबल खस्काउने कार्य भएकोप्रति समेत खेद प्रकट गरिएको छ ।

उपकुलपतिले पटक—पटक वातावरण बनाउन आग्रह गरेपछि त्यसको सुनुवाई नगरेर चरम मानसिक पीडाको स्थिती सिर्जना भएका कारण कुनै पनि किसिमको चिकित्सकीय काम गर्न नसक्ने स्थिती भएका कारण सामूहिक राजीनामा पत्र चिकित्सकले लेखी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण चिकित्सक बाध्य भई सामूहिक राजीनामा दिने अवस्था आउन गम्भीर चिन्ताको विषय भएको संघले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ