२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेद चिकित्सक संघले गर्यो सरकारको बिरोध

आयुर्वेद चिकित्सक संघले गर्यो सरकारको बिरोध


काठमाडौं–सरकारले मनोमानी ढंगले विभिन्न आयुर्वेदका संरचना बनाएकोे भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले त्यसको चर्को बिरोध गरेको छ । संघले सो विषयमा उपप्रधानी, स्वास्थ्य तथा जनसंख्यामन्त्री, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, स्वास्थ्य सचिबलगायत संघीय मामिला तथा संघीय प्रशासन मन्त्रालयको ध्यानकर्षण गरेको छ ।

‘पछिल्ला दिनमा विभिन्न प्रदेशमा आर्युबेद तथा वैकिल्पिक चिकित्सा विभाग, नेपाल आयुर्वेद चिकित्सक सघं, सरोकारवाला आयुर्वेद संस्था, जनप्रतिनिधिलगायतका कुनै पनि व्यक्ति तथा संस्थाहरुसँग छलफल नगरी लहडमा संगठन सरचना बनाउने, संचालनमा रहेका जनस्तरका आयुर्वेद सेबा हटाउने कार्यको संघले भत्र्सना गर्छ,’ संघका अध्यक्ष प्रकाश ज्ञवालीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

समायोजनका नाममा आयुर्वेद संस्था विलय गराउनेलगायतका कार्यले आयुर्वेदको मुल मर्ममै प्रहार गरेको ठहर गर्दै संघले सातै प्रदेशमा टोली परिचालन गर्ने निर्णय गरेको छ । ‘ गलत निर्णय तत्कालै नसच्चाए सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया गरेर उचित निकास दिन समेत संघ जोडदार माग गर्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

जबरजस्ती विभेदकारी तथा विवादास्पद निर्णय अगाडि बढाए बाध्य भएर स्वास्थ्य सेबा रोकेर कडा आन्दोलनमा होमिन बाध्य हुने र त्यसको जिम्मेवार नेपाल सरकार तथा सातै प्रदेश सरकार हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ