२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअध्ययन भन्छ, कुकुर पाल्नेलाई मुटु रोगको जोखिम न्युन

अध्ययन भन्छ, कुकुर पाल्नेलाई मुटु रोगको जोखिम न्युन


एजेन्सी । तपाईको घरमा कुुकुर छ की छैन ? अर्थात तपाई कत्तिको कुकुरको सामिप्यतामा बस्नुहुन्छ ? वैज्ञानिकहरुले कुकुरप्रेमीका लागि सुखद खबर ल्याएका छन् । उनीहरुका अनुसार कुकुर पाल्नु मुटुका लागि फाईदा छ । कुकुरले मालिकलाई घरबाहिर जान उत्प्रेरणा दिने र त्यस क्रममा मालिक पनि कुकुरसँगै दौडने भएकोले मुटुजन्य समस्या समाधान हुने वैज्ञानिकहरुको दाबी छ ।

चेक गणतन्त्रको सेन्ट एन्स युनिर्भसिटीमा गरिएको सो अध्ययनका क्रममा कुकुर पाल्ने र कुकुरसँग बाहिर हिडडुल गर्ने मानिसको स्वास्थ्य राम्रो रहेको वैज्ञानिकहरुले पाएका थिए । कुकुरका मालिकले राम्रो पोषणयुक्त खानेकुरा खाने र उनीहरुमा सुगरको समस्या पनि नरहेको अध्ययनमा दाबी गरिएको छ । सक्रीय जीवन र राम्रो पोषणले मुटुलाई स्वास्थ्य राख्छ भने सुगरले मुटु रोगको जोखिम बढाउछ ।

अध्ययनमा २४ वर्षदेखि ६५ वर्ष उमेर समूहका २ हजारलाई सहभागी गराइएको थियो । उनीहरुको मुटुरोगसम्बन्धी कुनै हिस्ट्री थिएन ।

सहभागीलाई सामाजिक आर्थिक अवस्था, मेडिकल हिस्ट्रीलगायतका विषयमा सोधिएको थियो । त्यस्तै उनीहरुको गतिविधिः जस्तै कुर्चीमा बसिरहने, जिम जाने वा दिउसभर शारीरिक परिश्रम गर्छन भन्ने बारेमासोधिएको थियो । उनीहरुलाई पछिल्लो २४ घन्टामा खाएको खाने शैली बारे पनि सोधिएको थियो ।

त्यस्तै, उनीहरुको रक्तचाप, कोलेस्ट्र र ग्लुकोज परीक्षण गरिएको थियो । त्यसपछि उनीहरुमध्ये पाल्तु जनाबार पाल्ने र नपाल्नेलाई वर्गीकरण गरि स्वास्थ्यबारे अंक दिइएको थियो ।

अध्ययन अनुसार पाल्तु जनाबार पाल्नेले मेडिकल स्कोर १० ल्याएका थिए भने नपाल्नेले ९ अंक ल्याएका थिए । त्यस्तै, कुकुर पाल्नेले अन्य नपाल्नेको तुलनामा ० दशमलब ३ अंक बढी ल्याएका थिए । ‘पाल्तु जनाबर पाल्नेमध्ये कुकुर पाल्नेलाई सबैभन्दा धेरै फाईदा हुन्छ’अध्ययनका सहभागी डा. एन्ड्रिया माउगेरीले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ