२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशमेडिकोफ्युजनद्वारा स्वास्थ्यकर्मीलाई तनाव पहिचान र व्यवस्थापन तालिम

मेडिकोफ्युजनद्वारा स्वास्थ्यकर्मीलाई तनाव पहिचान र व्यवस्थापन तालिम


बुटवल-रोटरी ई–क्लव मेडिकोफ्युजन हाइब्रिड नेपालले महामारीको समयमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई तनाव पहिचान र व्यवस्थापन तालिम प्रदान गरेको छ । क्लवले अलग—अलग रुपमा नर्स र प्यारामेडिक्सहरुलाई सो तालिम प्रदान गरेको हो ।

दैनिक पेशागत काम गर्दा स्वास्थ्यकर्मीलाई सामाजिक तथा पारिवारिक प्रभाव मात्र नभै कार्यस्थलमै धेरै तनाव हुने भएकाले त्यसको व्यवस्थापनको लागि तालिम दिइएको क्लबका अध्यक्ष्य डा. सन्तोष पोख्रेलले बताए । उनका अनुसार व्यक्तिलाई तनाव भएको कसरी थाहा पाउने र सो बेला आफ्नो स्टाफ म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरामा तालिम केन्द्रित रहेको थियो ।

प्रशिक्षक मनोरोग विशेषज्ञ रोटरियन डा. विक्रम काफ्लेका अनुसार आफूलाई मात्र नभएर आफ्ना सहकर्मीहरुलाई पनि तनाव भए कसरी मद्दत गर्न सकिन्छ भन्ने बारेमा पनि तालिममा जानकारी गराइएको थियो ।

पहिलो चरणमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा गरिएको यो तालिम आगामी दिनमा अन्य स्वास्थ्य संस्थामा पनि क्रमिक रुपमा दिइने अध्यक्ष डा. पोख्रेलले जानकारी दिए ।

तालिममा सहभागी नर्स मनमाया थापाले तालिम निकै समयसापेक्ष र जीवनउपयोगी भएको बताइन् । तालिमको विषयवस्तु सामाग्री निर्माण स्वास्थ्य मन्त्रालय, कान्ति बाल अस्पताल, सिडब्लुआईएन र युनिसेफको समायोजनमा भएको हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ