२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड खोप व्यवस्थापनका लागि ७ वटै प्रदेशका संयोजक तोकिए

कोभिड खोप व्यवस्थापनका लागि ७ वटै प्रदेशका संयोजक तोकिए


काठमाडौं—सरकारले कोभिड—१९ विरुद्धको भ्याक्सिन अभियात तथा व्यवस्थापनका लागि ७ वटै प्रदेश संयोजक तोकेको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालयका निर्देशकसँग समन्वय गरी संयोजक तोकेको हो ।

जसअनुसार प्रदेश नं. १ मा स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारा पोखरेल, प्रदेश २ मा विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, बागमती प्रदेशमा मन्त्रायको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी संयोजक तोकिएका छन् ।

यस्तै, गण्डकी प्रदेशमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इडिसिडीका निर्देशक डा. कृष्ण पौडेललाई संयोजक तोकिएको छ ।

कोभिड—१९ विरुद्धको खोप अभियान १४ माघबाट सुरु गर्ने तयारी रहेको छ । संयोजकहरुले उक्त अभियानका लागि कोभिड—१९ विरुद्धको खोप अभियान तथा व्यवस्थापनको सहजीकरण गर्नेछन् ।

गत बिहीबार भारतले अनुदान स्वरुप दिएको १० लाख डोज कोभिड भ्याक्सिन कोभिशिल्ड काठमाडौं आइपुगेको थियो । काठमाडौं आइपुगेको उक्त भ्याक्सिन पहिलो चरणमा ७ वटै प्रदेशका फ्रन्टलाइनरलाई दिने तयारी सरकारको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ