२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखोप लिएर पोखरा लाग्यो भ्यान, ११ जिल्लाका १७ हजार बढी स्वास्थ्यकर्मी सूचीकृत

खोप लिएर पोखरा लाग्यो भ्यान, ११ जिल्लाका १७ हजार बढी स्वास्थ्यकर्मी सूचीकृत


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ वितरण सुरु गरेको छ । विभाग स्रोतका अनुसार पोखरा भ्याक्सिन लिएर पहिलो भ्यान हिडेको छ । पोखरा क्षेत्रीय मेडिकल स्टोरमा ११ जिल्लाका स्वास्थ्यकर्मीलाई पुग्ने खोप भण्डारण हुनेछ । त्यहाँ १७ हजार ६ सय ३० स्वास्थ्यकर्मी सुचीकृत छन् ।

शनिबार सात वटै प्रदेशमा खोप पठाउने भनेपनि स्वास्थ्य मन्त्रालयले अनुमति नदिएका कारण ढिला भएको थियो । नयाँ खोप नागरिकमा प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले स्वीकृती दिनुपर्छ । मन्त्रालयको स्वीकृती बिना खोप प्रयोग गर्न पाइदैन ।

स्वास्थ्य सेवा विभागका अनुसार सम्भव भएसम्म सात वटै प्रदेशमा आजै खोप वितरण सकिनेछ । त्यस्तै काठमाडौंका नजिक रहेका १० जिल्लामा भने सोमबार वितरण गरिने छ । ती १० जिल्लामा केन्द्रिय खोप भण्डारण स्टोरले हेर्ने छ । प्रदेशले पठाएको सूचीका आधारमा केन्द्रले खोप पठाउनेछ ।

१० लाख अनुदानमा आएको खोप करिब ४ लाख ५० हजारलाई लगाइने छ । त्यसमध्ये २ लाख २५ हजार स्वास्थ्यकर्मी र महिला स्वयंसेविका रहेका छन् । बाँकी सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी र केही सुरक्षाकर्मीलाई दिइने स्वास्थ्य मन्त्रलायले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ