२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सले गरिन ड्रग डाईभर्सन, बढ्यो ओपिओडिक महामारीको जोखिम

नर्सले गरिन ड्रग डाईभर्सन, बढ्यो ओपिओडिक महामारीको जोखिम


एजेन्सी । न्युयोर्कको एउटा क्यान्सर सेन्टरकी एक नर्सले बिरामीको पीडा कम गर्ने औषधी चोरेर त्यसमा पानी मिसाइदिएपछि अस्पतालमा व्याक्टेरिया संक्रमण फैलिएको छ । रोजवेल पार्क कम्प्रिहेन्सिभ क्यान्सर सेन्टरका दुई चिकित्सक र एक नर्सले न्यु इंगल्यान्ड जर्नल अफ मेडिसियनका सम्पादकलाई पत्र लेखेर सो जानाकारी गराएका हुन् ।

ओपिओडिक महामारीले अमेरिकाको मेडिकल व्याबसायलाई प्रभाव पार्न सक्ने चिन्ता पत्रमा दर्शाइएको छ । पत्र अनुसार नर्सले कडा पीडा निको पार्न प्रयोग हुने हाड्रोमोर्फोन राखिएको सिरिन्जबाट ओपिओइड चोरेर पानी मिसाईदिएको र त्यसबाट ६ जनामा व्याक्टेरियाको संक्रमण भएको जनाइएको छ ।

नर्सले पाँच महिनादेखि त्यस्तो कर्तुत गरेकी थिइन । अस्पतालमा भएको सो घटनलाई ड्रग डाईभर्सन भनिएको छ, जस अन्र्तगत कानूनी रुपमा बिरामीका लागि प्रेसक्राइब गरिएको औषधी अनधिकृत व्यक्तिको हातमा पुग्छ ।

चोरेको पेन मेडिकेसनबाट बिरामीमा फैलिएको व्याक्टेरियाको संक्रमणलाई चिकित्सकीय भाषामा स्पिङगोमोनास पाउसीमोबिलिस (पानीबाट हुने संक्रमण) भनिएको छ ।

अस्पतालका विरामीहरुमा सो संक्रमण देखिएपछि रोजवेल पार्कका कर्मचारीले अस्पतालमा केही गडबढी भएको लख काटेका थिए । स्पिङगोमोनाले बिरामीहरुको रक्तनलीमा अशर नगर्ने र रोग प्रतिरोध क्षमता कमजोर भएका बिरामीमा पनि यो संक्रमण दुर्लभ हुने पत्रमा उल्लेख छ ।

क्यान्सरका विरामीको समूहमा स्पिङगोमोनास पाउसीमोबिलिस संक्रमण देखिनेवित्तिकै चिकित्सकहरुले अस्पतालमा केही जटिलता आएको अनुमान गरेका थिए ।

संक्रमण फैलिएपछि अस्पतालका कर्मचारीले अनुसन्धान सुरु गरेका थिए । लठ्याउने औषधी राख्ने सिरिन्ज नर्सको पहुँचमा भएको थाहा पाए पछि उनी अनुसन्धानमा तानिएकी थिइन । ‘लठ्याउने औषधी राखेको दराममा नर्सले अनधिकृत रुपमा पहुच राखेको देखिन्छ । ’ प्रतिवेदनमा भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ