२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसंक्रमितको संख्या ओरालो लाग्दै, शुक्रबार १५७ जनामा संक्रमण पुष्टि

संक्रमितको संख्या ओरालो लाग्दै, शुक्रबार १५७ जनामा संक्रमण पुष्टि


काठमाडौँ – थप १ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको छ ।  दैनिक झण्डै एक हजारभन्दा बढी संक्रमितहरु भेटिएको अहिले दैनिक हजारभन्दा कमको हाराहारीमा झरेको मन्त्रालयले जारी गरेको तथ्यांकले देखाएको छ ।

शुक्रबार काठमाडौँ उपत्यकामा ८२ जनामा संक्रमित थपिएका छन्। हालसम्म २ लाख ७० हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ३३ जनामा संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६ सय ९८ जना पुगेको छ ।

यस्तै, आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ रहेको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या २ हजार २५ पुगेको मन्त्रालयले जनाएको हो  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ