गृहपृष्ठ ∕ समाचार ∕ डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो डेंगुले महामारीको रुप लिएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष, आपतकालीन बैठक बोलाइयो हेल्थ आवाज बिहीबार, २०७६ भदौ १२ गते, ११:०२ मा प्रकाशित काठमाडौं—देशभर तीब्र रुपमा डेंगुको संक्रमण फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारीको रुप लिएको निष्कर्ष निकालेको छ । स्रोतकाअनुसार डेंगुले महामारीको रुप लिएको निष्कर्षपछि स्वास्थ्य मन्त्रालय ११ बजे आपतकालीन बैठक बोलाएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको उपेन्द्र यादवको विशेष चासोमा आपतकालीन बैठक बोलाइएको हो । विज्ञहरुले डेंगुले महामारीको रुप लिएको भन्ने सुझावका आधारमा बैठक बोलाइएको स्रोत जनायो । आपतकालीन बैठक बोलाइएको कुरा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले समेत पुष्टि गरे । उनले डेंगु फैलावटको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेको उल्लेख गर्दै बृहत छलफलका लागि बैठक बोलाइएको पुष्टि गरे । ‘डेंगुको पछिल्लो अवस्था हेर्दा महामारीको सम्भावना बढेकाले बृहत छलफलका लागि बैठक बोलाइएको हो,’ उनले भने । स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ताजा तथ्यांकअनुसार देशभर झण्डै ४ हजार बढीमा डेंगु रोगको संक्रमण देखिएको बताइएको छ । साउन १ देखि भदाै ११ गतेसम्ममा मात्रै देशभर १५३७ जनामा डेंगु देखिएको छ । अहिलेसम्म डेंगुबाट देशभर ३ जनाको मृत्यु भैसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतको चिङगाडमा रेविज सङ्क्रमण देखियोे टर्कीमा शक्तिशाली भूकम्प : १७ को मृत्यु स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा कार्कीले बुझाइन् राजीनामा नेपाल चिकित्सक संघ निर्वाचन मतगणना : डा. अनिलविक्रमको अग्रता, कसलाई… रास्वपा सरकारबाट फिर्ता, स्वास्थ्य राज्यमन्त्री डा. तोषिमा पनि बाहिरिने विकास र समृद्धिका लागि मिडियाको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री… धेरै पढिएका १ किन खिइन्छ दाँत ? दाँतको सुरक्षा कसरी गर्ने ? २ हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय ३ यस्ता छन् उच्च कोलेस्ट्रोलको जोखिम : जान्नुहोस् कसरी बच्ने ? ४ रुघाखोकी लागेको समय कुन फलफूलको सेवन गर्ने ? कुनले गर्छ असर ? ५ नेपाल अर्थोपेडिक अस्पतालको नयाँ निर्देशकमा डा. भण्डारी ६ शरीरलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्न अपनाउनै पर्ने दिनचर्या ७ ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज ट्रेण्डिङ नेपालमा थप ९ जना कोभिड–१९ संक्रमित थपिए, ४ जना संक्रमणमुक्त यी हुन् खाली पेटमा खानै नहुने फलफूल जिङ्कको कमीले चाँडो निको हुँदैन घाउ, कसरी प्राप्त गर्ने ? महिनावारीको समयमा सङ्क्रमण र रोगबाट बच्न अपनाउनुस् यी टिप्स पाचनसम्बन्धी समस्याबाट बच्नका लागि यी योगासन टर्कीमा शक्तिशाली भूकम्प : १७ को मृत्यु शाकाहारी विशेष: प्रोटिन प्राप्त गर्न के खाने ? चीनमा पुनः लकडाउन घोषणा नेपालमा थप ९ जना कोभिड–१९ संक्रमित थपिए, ४ जना संक्रमणमुक्त यी हुन् खाली पेटमा खानै नहुने फलफूल जिङ्कको कमीले चाँडो निको हुँदैन घाउ, कसरी प्राप्त गर्ने ? महिनावारीको समयमा सङ्क्रमण र रोगबाट बच्न अपनाउनुस् यी टिप्स पाचनसम्बन्धी समस्याबाट बच्नका लागि यी योगासन टर्कीमा शक्तिशाली भूकम्प : १७ को मृत्यु शाकाहारी विशेष: प्रोटिन प्राप्त गर्न के खाने ? चीनमा पुनः लकडाउन घोषणा