काठमाडौँ – थप १ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको छ । दैनिक झण्डै एक हजारभन्दा बढी संक्रमितहरु भेटिएको अहिले दैनिक ५ सय भन्दा कमको हाराहारीमा झरेको मन्त्रालयले जारी गरेको तथ्यांकले देखाएको छ ।
सोमबार काठमाडौँ उपत्यकामा ८५ जनामा संक्रमित थपिएका छन्। हालसम्म २ लाख ७१ हजार १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ६४ जनामा संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ६ सय जना पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कुनै संक्रमितको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या २ हजार २९ पुगेको मन्त्रालयले जनाएको हो ।