२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १७१ जनामा संक्रमण पुष्टि

थप १७१ जनामा संक्रमण पुष्टि


काठमाडौँ – थप १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमितको संख्या ओरालो लाग्दै गएको छ ।  दैनिक झण्डै एक हजारभन्दा बढी संक्रमितहरु भेटिएको अहिले दैनिक ५ सय भन्दा कमको हाराहारीमा झरेको मन्त्रालयले जारी गरेको तथ्यांकले देखाएको छ ।

आइतबार काठमाडौँ उपत्यकामा ६५ जनामा संक्रमित थपिएका छन्। हालसम्म २ लाख ७१ हजार २ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६  हजार ८ सय ५९  जना पुगेको छ ।

यस्तै, आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ रहेको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या २ हजार ३० पुगेको मन्त्रालयले जनाएको हो  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ