२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयुरोपेली मुलुकमा फेरी देखियो दादुरा, अमेरिकामा २५ वर्ष यताकै धेरै बिमारी

युरोपेली मुलुकमा फेरी देखियो दादुरा, अमेरिकामा २५ वर्ष यताकै धेरै बिमारी


एजेन्सी– युरोपेली देशमा पुनः दादुराका बिमारी देखा परेका छन् । दादुरामुक्त घोषणा गरिएका अल्बानिया, चेक गणतन्त्र, ग्रीस र बेलायतमा दादुराका विरामी भेटिएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

दादुराको खोपको बारेमा फैलिएको भ्रमका कारण केही खास क्षेत्र वा समुदायमा बिरामीको संख्या बढ्न सक्ने स्वास्थ्य विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

दादुराको खोपसम्बन्धी गलत सुचनाका कारण संक्रमण बढेको डब्लुएचओको खोप विभागका डा.केट ओब्रायनले जानकारी दिए । यस सम्बन्धि विश्वसनीय जानकारी प्रवाह गर्न उनले सामाजिक सञ्जाल कम्पनी र नेतृत्वकर्ताहरुलाई आह्वान समेत गरेका छन् ।

दादुरालाई संक्रामक र सम्भावित घातक रोग मानिन्छ, जसका कारण खोकी र ज्वरो आउनुका साथै शरीरमा बिमिरा देखापर्छ ।
कुनै पनि भौगोलिक क्षेत्रमा १२ महिनासम्म दादुरा संक्रमण नभएमा त्यस क्षेत्रलाई दादुरामुक्त क्षेत्र घोषणा गरिन्छ ।

यस वर्ष विश्वभर नै दादुराको संक्रमण बढेको पाइएको छ । डब्लुएचओका अनुसार विश्वव्यापी रूपमा यो वर्ष करीव ३ लाख ६५ हजारमा दादुरा भेटिएको छ । यो संख्या सन् २०१८ को पहिलो ६ महिनामा देखिएको संख्याभन्दा झण्डै तीन गुणाले बढि हो ।

अमेरिकामा यो वर्ष पछिल्लो २५ वर्ष यताकै धेरै विरामी भेटिएका छन् । डेमोक्र्या्टिक रिपब्लिक कंगो, मडागास्कर र युक्रेन दादुराबाट सबैभन्दा बढि प्रभावित रहेको डब्लुएचओले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ