२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा लक्ष्यभन्दा धेरैलाई खोप, पुरुषभन्दा साढे ४ हजार बढी महिलाले लगाए

गण्डकीमा लक्ष्यभन्दा धेरैलाई खोप, पुरुषभन्दा साढे ४ हजार बढी महिलाले लगाए


पोखरा—कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियानमा गण्डकी प्रदेशलाई ऐतिहासिक सफलता मिलेको छ । गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३ सय ९६ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिइएकोमा १८ हजार ४ सय ७२ जनालाई खोप लगाएका छन् ।

अभियानअन्तर्गत ७ हजार ५ सय ८५ स्वास्थ्यकर्मी, ४ हजार ४ सय ४५ महिला स्वास्थ्य स्वयंसेविका र २ हजार ५ सय ६८ स्वास्थ्य संस्थाका कर्मचारीले खोप लगाएका हुन् । यस्तै ५ सय ६७ सरसफाईकर्मी, १ हजार ९ सय १३ कारागारका कैदी, ४ सय ७१ वृद्धाश्रमका आश्रित वृद्धवृद्धा, स्वास्थ्य संस्थाका १ सय ५६ चालक, १ सय ५२ सुरक्षाकर्मी र अन्य ९७ जनाले खोप लगाएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले ११ हजार ४ सय ५९ जना महिला र ७ हजार १३ जना पुरुषले कोरोनाविरुद्धको खोप लगाएको उल्लेख गरेको छ । खोप लगाउनेमा पुरुषभन्दा महिला करिब साढे ४ हजार बढी छन् । महिला स्वयंसेविकाको संख्या बढी भएकाले धेरै महिलाले खोपको अवसर प्राप्त गरेका हुन् ।

गोरखाको विकट गाउँपालिका चुमनुब्री र धार्चेको वास्तविक तथ्यांक आउन बाँकी रहेको गण्डकी स्वास्थ्य निर्देशक बिनोदविन्दु शर्माले जानकारी दिए । निर्देशनालयले विज्ञप्ति जारी गर्दै गण्डकीमा खोप लगाएकामध्ये कसैलाई पनि ठूलो समस्या नदेखिएको प्रष्ट्याएको छ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ