२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ८१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

थप ८१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु


काठमाडौं – थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ८१ जना संक्रमित थपिएका हुन् ।

यस्तै, आज काठमाडौं उपत्यकामा ३३ जनामा कोरोना संक्रमित थपिएका छन् ।  यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ ।

यस्तै, बिहिबार १ सय ११ जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ ।

बिहिबार  ३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ