२०८२ वैशाख ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्यूरोको मदर एण्ड चाइल्डको मेडिकल निर्देशकमा डा. क्षेत्री

न्यूरोको मदर एण्ड चाइल्डको मेडिकल निर्देशकमा डा. क्षेत्री


विराटनगर—विराटनगरस्थित मदर एण्ड चाइल्ड अस्पतालको मेडिकल निर्देशकमा डा.शैलजा क्षेत्री नियुक्त भएकी छिन् । विराटनगरस्थित जहदा रोडमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्डको मेडिकल निर्देशकमा डा. क्षेत्रीलाई नियुक्ति गरिएको हो ।

धरानस्थित विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्त्री तथा प्रसुती विभागको प्रोफेसर समेत रहेकी डा. क्षेत्रीलाई अस्पताल स्थानान्तरण कार्यक्रममा यो जिम्मेवारी दिइएको अस्पताल प्रसाशनले जनाएको छ । डा.क्षेत्री प्रदेश नम्बर १ मै स्त्री तथा प्रसुती सम्बन्धी उपचारमा ख्याती प्राप्त डाक्टर हुन् ।

विराटनगरको महेन्द्र चौकस्थित रहेको मदर एण्ड चाइल्ड अस्पतालको छुट्टै भवनमा संचालनमा आएको छ । उक्त अस्पतालबाट स्त्री रोग तथा प्रसुती सेवा, जनरल सर्जरी सेवा, हाडजोर्नी सम्बन्धी सेवा, नवजात शिशु तथा बाल रोग सम्बन्धी सेवा, दन्त्तरोग सम्बन्धी सेवा, छाला तथा सौन्दर्य सम्बन्धी सेवा सुचारु छ ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्टले न्यूरो हस्पिटल कोभिड अस्पताल साथै अबको दिनमा मदर एण्ड चाइल्ड अस्पताललाई समेत सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कोभिडका कारण मदर एण्ड चाइल्डबाट न्युरो अस्पतालमा सारिएका सम्पूर्ण सेवा थप व्यवस्थित गरेर अहिले यहीबाट सेवा सुचारु भएको जानकारी गराए ।

अस्पतालका अप्रेशनल डायरेक्टर राजेश भट्टराईले सबैको सहयोगबाट कोरोना उपचारमा अस्पतालले सफलता पाएको बताए । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट, अस्पतालका डाइरेक्टर रञ्जितराज बस्नेत, न्यूरो हस्पिटलको मेडिकल डाइरेक्टर एवं वरिष्ठ न्यूरो सर्जन डा. यमबहादुर रोकाको उपस्थिती थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ