काठमाडौं – सरकारले पहिलो प्राथमिकताअन्तर्गत दोस्रो अभियानको लक्षित समूहलाई खोप दिन सुरु गरेको छ । आइतबार देखि ८ गतेसम्म चल्ने उक्त अभियानमा २ लाख ६२ हजार ८७६ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।
केही संख्या जिल्लाबाट नआएकाले बढ्ने अनुमान गरिएको छ ।
दोस्रो अभियानको लक्षित समुहमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, पत्रकारहरू, स्थानीय तहका निर्वाचित जनप्रतिनिधी र कर्मचारी, निजामती सेवाका कर्मचारी, जनपद प्रहरी, सशस्त्र (बोर्डरमा खटिने मात्र), बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवा, समूहका कर्मचारी, अदालत, र सरकारी वकिल कार्यालयका कर्मचारी रहेका छन् ।
परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप सेवा शाखाका अनुसार आजबाट खोप पाउनेमा प्रदेश १ मा ३९,४९६ जना प्रदेश २ मा ३४, ६७२ जना बाग्मती प्रदेशमा ८१, ३७० जना, गण्डकी प्रदेशमा २५, ८७२ जना, लुम्बिनी प्रदेशमा ४०, ५३८ जना, कर्णाली प्रदेशमा १९, ६३५ जना र सुदुरपश्चितम प्रदेशमा २१, २९३ जना गरी जम्मा २ लाख ६२ हजार ८ सय ७६ जनाले खोप लगाउने छन् । उनीहरुका लागि विगतमा संचालित सबै खोप केन्द्र खुला हुने छन् । यसअघि २०१ वटा केन्द्रबाट खोप चलेको थियो ।
लक्षित समूहको पहिचान
- पहिला नै तयार गरेको सूचीविवरण,
- सम्बन्धित व्यक्तिको कार्यालयबाट जारी परिचयपत्र,
- सम्बन्धित कार्यालयबाट प्रमाणीकरण गरेको प्रमाण,
खोप केन्द्रको ब्यवस्थापन
- यसअघि पहिलो चरणमा सञ्चालन भएका खोप केन्द्रहरू,
- यो लक्षित समूहको लागि आवश्यक थप खोप केन्द्रहरू,
- अभियान फाल्गुन २ गते देखि ७ दिन भित्रमा मा सम्पन्न गर्ने गरी खोप केन्द्र र खोप टोलीको ब्यवस्था गर्ने,
खोप केन्द्र तोक्ने आधार र प्रक्रिया
- यसअघि सञ्चालन गरेका खोप केन्द्ररूको समिक्षा गर्ने,
- कोभिड–१९ रोग विरुद्धको खोप अभियान जिल्ला समन्वय तथा अनुगमन समितिको समन्वयमा थप खोप केन्द्र तोक्ने,
- खोप केन्द्र थप गर्दा खोप तथा कोल्डचेन ब्यवस्थापनको पक्षलाई विचार गर्ने,
- ए.ई.एफ.आई.को ब्यवस्थापनको लागि चिकित्सक सहितको टोली परिचालन गर्ने,
खोप केन्द्र सञ्चालनको पूर्वतयारी
- लक्षित समूह अनुसार सेवाग्राहीको सूचि तयार गर्ने र प्रत्येक खोप केन्द्रको लक्ष्य निर्धारण गर्ने,
- खोप सेवा सञ्चालन हुने खोप केन्द्रको स्थान र समयबारे लक्षित समूहलाई सम्बन्धित कार्यालय-संस्था मार्फत जानकारी गराउने,
- खोप दिने स्वास्थ्यकर्मीको टोली निर्धारण गर्ने र आवश्यक भए तालिम दिने,
- खोप केन्द्रमा सहयोग गर्ने अन्य व्यक्ति (दर्ता गर्ने, रुजु गर्ने, परामर्श दिने, सुरक्षाका मापदण्डहरू पालना गर्न लगाउने,
- खोप कार्ड भर्ने, (ट्याली सिट भर्ने जस्ता कार्यहरूको लागि) सम्बन्धित संस्थाबाट कम्तिमा २ जना कर्मचारी ब्यवस्थाको लागि समन्वय गरी ब्यवस्था गर्ने,
- लक्षित समूह अनुसार खोप तथा अन्य सामग्रीको परिमाण अनुमानगरी वितरणको योजना बनाउने,
खोप कोल्ड चेन ब्यवस्थापन
- कोभिशल्ड खोपको भण्डारण र वितरण गर्दा २० देखि ८० सेल्सीयस तापक्रम कायम गर्ने,
- खोप ढुवानी, वितरण र सञ्चालन गर्दा अनिवार्य रुपमा कण्डिसनिङ्ग गरेको आइसप्याक मात्र प्रयोग गर्ने,
- खोप सेसन सञ्चालन गर्दा सकेसम्म प्रत्येक दिन कण्डिसनिङ्ग गरेको आइसप्याक फेर्ने,
- जिल्ला सदरमुकाम बाहिर खोप सेवा सञ्चालन गर्दा खोप भण्डारण गर्नु परेमा सकेसम्म आई.एल.आर.मा र सो नभएमा कण्डिसनिङ्ग गरेको आइसप्याक मात्र राखेर कोल्ड बक्समा भण्डारण गर्ने,
- खोप सेसन सम्पन्न हुनासाथ बाँकि भएको खोप उचित कोल्ड चेन कायम गरी फिर्ता पठाउने र भण्डारण गर्ने,
अभिलेख तथा प्रतिवेदन
- खोप लिएका प्रत्येक व्यक्तिलाई अनविार्य रुपमा खोप कार्ड दिने,
- यदि खोप कार्ड उपलब्ध नभएको भए संलग्न रजिष्टरको नमूना अनुसार दर्ता गरी सोही दर्ता नम्बर उपलब्ध गराउने र दोस्रो मात्रा दिँदा
- खोप कार्ड अनिवार्य उपलब्ध गराउने,
- खोप कार्डमा कार्ड नम्बर वा दर्ता नम्बर अनिवार्य रुपमा राखेर दिने (हालको अभियानमा खोप केन्द्र अनुसार कार्ड नं. वा दर्ता नं. १ बाट क्रमशः उल्लेख गर्ने),
- कार्ड नं. वा दर्ता नं. खोप कार्डको दुबै प्रतिमा एउटै नम्बर उल्लेख गर्ने ।