२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १०५ जना संक्रमणको पुष्टि

थप १०५ जना संक्रमणको पुष्टि


काठमाडौं –  देशभर थप १०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ९९ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार संक्रमित निको भएका छन् ।

मंगलबार ३ हजार ३६० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले १ हजार ५८७ सक्रिय संक्रमित छन् ।

त्यस्तै, देशभर गरेर १३ जना संक्रमित भेन्टिलेटरमा र ६३ जना संक्रमितको आईसियुमा उपचार भैरहेको छ ।

आज कोही संक्रमितको मृत्यु भएको छैन । भने अहिलेसम्म २ हजार ५५ जना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ