२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १२५ जनामा कोरोना संक्रमण पुष्टि

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं –  देशभर थप १२५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएकामध्ये ६० जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४५, ललितपुरमा ९ र भक्तपुरमा ६ जनालाई संक्रमण पुष्टि भएको छ । आज सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेका छन्

यस्तै, पछिल्लो २४ घण्टामा ९१ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार २ सय ८४ संक्रमित निको भएका छन् ।

त्यस्तै, देशभर गरेर १३ जना संक्रमित भेन्टिलेटरमा र ६१ जना संक्रमितको आईसियुमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ