२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआकस्मिक स्वास्थ्य सेवाः पहिला पैसा अनि उपचार !

आकस्मिक स्वास्थ्य सेवाः पहिला पैसा अनि उपचार !


काठमाडौं–स्वास्थ्य सेवाबारे नेपालको संविधानले प्रष्ट भनेको छ-कसैलाई पनि आकस्मिक सेवाबाट बञ्चित गरिने छैन । तर, नेपालका अस्पतालले संविधानले गरेको ब्याख्याअनुसार आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्रवाह गरेका छैनन् । आकस्मिक सेवा भन्ने बित्तिकै अकालमा हुने मृत्यु र शरीरिक अंग जोगाउने व्यवस्था हो । संविधानले मौलिक हकका विषयमा स्पष्ट उल्लेख गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवाको वर्गीकरण गर्न नसक्दा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क हुन सकेको छैन ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ ले पनि आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने हक कार्यान्वयनको सुनिश्चित गरेको छ । ऐनमा भनिएको छ– नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवा पाउने हक कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ तुल्याई नागरिकको पहुँच स्थापित गर्न आवश्यक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले जनस्वास्थ्य नियमावलीले निःशुल्क आकस्मिक स्वास्थ्य सेवालाई वर्गीकरण गर्नुपर्ने बताउँछन् । ‘सबै आकस्मिक सेवा निःशुल्क गर्न सकिदैन्,’ उनले भने, ‘कुन कुन सेवालाई निःशुल्कमा राख्ने भनेर वर्गीकरण गर्दैछौं, टुङ्गोमा पुग्न नसक्दा कार्यान्वयनमा समस्या आएको हो । ’


निःशुल्क आधारभूत स्वास्थ्य सेवा अन्योलमा

सरकारले यही आर्थिक वर्षदेखि आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने भनेको थियो । तर, आर्थिक वर्ष सकिएको दुई महिना पुरा हुदा सम्म कार्यान्वयनमा ल्याउन नसकेको डा. देवकोटाले बताए । मन्त्रालयकाअनुसार जनस्वास्थ्य सेवा ऐनको पालना गर्न नसक्दा आधारभूत स्वास्थ्य सेवा लिदा समेत बिरामीले चर्को शुल्क तिर्नु परेको छ ।

आधारभूत स्वास्थ्य सेवा भित्र आकस्मिक पनि पर्ने भएकाले जनस्वास्थ्य नियमावलीले स्पष्ट पार्ने बताए । उनले भने, ‘हामीले नियमावली बारे छलफल गरिरहेका छौं, आकस्मिक स्वास्थ्य सेवाका बारेमा परिभषीत गरेर लागु गर्ने छौं ।’ विगतमा पैसा जम्मा गरेपछि मात्रै उपचार सेवा सुरु हुन्थ्यो । अब पहिला स्वास्थ्य सेवा त्यसपछि मात्रै खर्चको कुरा आउँने छ ।

के हो आकस्मिक र आधारभूत सेवा ?
आकस्मिक स्वास्थ्य सेवा भन्नाले आकस्मिक घटना वा आपत्कालीन अवस्थामा परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिको जीवनलाई जोखिममुक्त गर्न, जीवन र अंग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने प्रारम्भिक तथा तत्काल सेवा हो ।

त्यस्तैः आधारभूत स्वास्थ्यसेवा भन्नाले आम नागरिकको स्वास्थ्य आवश्यकता पूर्तिका लागि राज्यबाट सुलभ रुपमा निःशुल्क उपलब्ध हुने प्रबद्र्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवा हो । ‘यो सेवा गैर सरकारी तथा निजी स्वास्थ्य सस्था सबैको हकमा लागु हुनेछ’ डा. देवकोटाले भने ।

के पर्छन निःशुल्क आकस्मिक सेवामा ?
अकालमा मृत्युवरण वा अपांग हुनबाट जोगाउन (हेड इन्जुरी, स्पाइनल इन्जुरी, हात खुट्टा बाँचिएको, एपेन्डिक्स, आन्द्रा बटारिएको, आन्द्रा फुटेको, गंभिर संक्रमण, मृगौलाको आकस्मिक एवंम एक्युट फेलर, हृदयाघातको औषधि , कानको गम्भीर संक्रमण, ब्रेन एब्सेस, आन्तरिक रक्तश्राव , रक्तअल्पता एम्पुटेसन, पाठेघर, जटिल बनेको क्यान्सर, रगतको जटिल समस्या, उच्च रक्तश्राव, श्वास प्रस्वास अवरुद्ध ,शिशु एवम बच्चाको संक्रमण, जस्ता रोगहरु आकस्मिक हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ