२०८२ असार १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ९७ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

नेपालमा थप ९७ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ९७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३१ जनाको पिसिआर परीक्षण भएकोमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित भएका ९७ जनामध्ये ३१ जना महिला र ६६ जना पुरुष रहेका छन् । यससँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये १४ जना महिला र २० जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या १ सय १४ जना रहेको छ । नेपालमा अहिलेसम्म २ लाख ६९ हजार ६ सय १९ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ