२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप ९४ जनामा संक्रमण पुष्टि

देशभर थप ९४ जनामा संक्रमण पुष्टि


काठमाडौं – देशभर थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ९२ वटा गरिएको पिसिआर परीक्षणमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० रहेको छ।

पछिल्लो २४ घन्टामा संक्रमण मुक्त भई ७१ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७० हजार १ सय ३९ जना पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ रहेको छ  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ