२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर


काठमाडौं—मस्तिष्कघात भएर नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ ।

जोशीको उपचारमा संलग्न चिकित्सक टिमका न्यूरो सर्जन डा. राजीव झाले संवाददाताहरुसँग शल्यक्रियापछि भेन्टिलेटरमा राखिएको र स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका हुन्।

डा. झाकाअनुसार हिजो अचानक बायाँ खुट्टा र बायाँ हातमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लागिएको थियो। त्यहाँबाट उनलाई रिफर गरी नर्भिक अस्पतालको इमर्जेन्सी विभागमा भर्ना गरिएको हो।

‘यो केसमा ६० प्रतिशत बिरामीको अन द स्पोट मृत्यु हुन्छ। हामी उनको उपचार गरिरहेका छौँ। उहाँलाई बचाउने हाम्रो सक्दो प्रयास छ,’ डा. झाले भने ।

उनले अघि थपे, ‘उहाँको मस्तिष्कको सिटीस्क्यान गर्दा राइट साइडेड आइसीएच विथ भेन्टीकुलरएक्सटेन्सन भएको देखिएपछि तत्काल आइसीयुमा राखेर उपचार सुरु गर्यौं। र मस्तिष्कमा रगत जमेको कारण आकस्मिक शल्यक्रिया गरेका छौँ। अहिलेसम्म अवस्था स्थिर नै छ।’

डा. झाले जोशी सुगर, प्रेसर रोगबाट ग्रसित रहेको र रगत पातलो पार्ने औषधी सेवन गर्दै आएको बताए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ