२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ८१ जनामा कोरोना संक्रमण, २ जना संक्रमितको मृत्यु

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण, २ जना संक्रमितको मृत्यु


काठमाडौं—नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय २४ जनाको पीसीआर परीक्षण भएकोमा थप ८१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ३५ जना महिला र ४६ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ जना पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ