२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा डा. मंगल रावल

कर्णाली प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा डा. मंगल रावल


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कार्यवहाक उपकुलपतिमा जिम्मा डा. मंगल रावलले पाएका छन् । सोमबार सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी डा. रावल कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

चार वर्षअघि नियुक्त भएका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सम्पन्न भएपछि डा. रावलले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

‘मलाई कार्यवाहक जिम्मेवारी दिइएको पत्र प्राप्त भएको छ,’ डा. रावलले हेल्थआवाजसँग भने ।

कर्णालीको हिमाली दुर्गम जिल्ला हुम्लामा जन्मेका डा. रावल विगत ६ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत थिए । डा. रावल पछिल्लो समय अस्पताल निर्देशकको रुपमा काम गर्दै आएका थिए । हाडजोर्नी विशेषज्ञ चिकित्सक तथा एशोसिएट प्रोफेसर डा. रावलले प्रतिष्ठानको वृद्धि विकासका लागि निकै महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।

कर्णालीमा कोरोना संकरण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका डा. रावल यस वर्षको प्रबल जनसेवा श्रीबाट विभूषित भएका हुन् । उनीसँगै प्रतिष्ठानका चिकित्सक धिरज गुरुङ पनि विभूषित भएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ