२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णालीमा कोरोना खोप ६५ वर्षमाथिका एक लाख बढीलाई लगाइने

कर्णालीमा कोरोना खोप ६५ वर्षमाथिका एक लाख बढीलाई लगाइने


सुर्खेत – नेपाल सरकारले ६५ वर्ष माथिका नागरिकहरुलाई कोभिड विरुद्धको खोप आइतबारबाट देशभर नि:शुल्क दिदैंछ । कर्णाली प्रदेशमा पनि ६५ वर्ष माथिका एक लाख बढिलाई खोप लगाउने लक्ष्य लिइएको छ । यसअघि ५५ वर्ष माथिका उमेर समूहका व्यक्तिलाई खोप लगाउने भनिएको भएपनि खोपको उपलब्धताको आधारमा पहिले छुटेका र ६५ वर्ष माथिका उमेर समूहलाई खोप लगाउन थालिएको हो।

यस चरणको कोरोना खोप अभियानमा प्रदेशभरका एक लाख ७ हजार जनालाई खोप लगाउने लक्ष्य रहेको प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको छ । अहिले सम्मको लक्ष्य एक लाख सात हजार भनिएको भएता पनि यो सख्या बढ्न सक्ने स्वाथ्य सेवा निर्देशनालयका वरिष्ठ स्वाथ्य शिक्षा अधिकृत वसन्तमान क्षेष्ठले जानकारी दिए ।

खोप संचालनका लागि प्रदेश भर २८८ खोप केन्द्र तोकिएको छ । पाँचसय ७६ स्वाथ्यकर्मी परिचालन हुने वरिष्ठ स्वाथ्य शिक्षा अधिकृत श्रेष्ठलेजानकारी दिए । सोहिअनुसारको स्वयमसेवक पनि परिचालन हुने उनको भनाई छ । खोप केन्द्रमा स्थानीय सरकारको जनप्रतिनिधिको समेत उपस्थिति रहने उनले जनाएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनबाट आपतकालीन प्रयोगका लागि सिफारिस गरिएको यो खोप सुरक्षित र प्रभावकारी भएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले बताए । वृद्ध-वृद्धाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पनि वृद्ध वृद्धाहरुलाई लक्षित समूहमा प्राथमिकता दिइएको छ ।

‘मैले यसअघि नै स्वास्थ्यकर्मीको रुपमा कोभिड विरुद्धको खोप लगाइसकें । खोप लगाएपछि कसैकसैलाई सामान्य असरहरू देखिएपनि यो विस्तारै हराएर जान्छ ।, ‘उनले भने्, ‘आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई ढुक्कसँग खोप लगाउनुहुन म सबै नागरिकलाई अनुरोध गर्दछु ।’ खोप लगाउन जाँदा परिचय खुल्ने नागरिक्ता वा मतदाता परिचय पत्र अथवा वडाको सिपारीश लिएर जानुपर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ