२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपातारासी गाउँपालिका आधारभुत स्वास्थ्य सेवामा मजबुद बन्दै

पातारासी गाउँपालिका आधारभुत स्वास्थ्य सेवामा मजबुद बन्दै


जुम्ला – जुम्लाको सदरमुकाम खलंगादेखि पूर्व भेगमा पर्ने पातारासी गाउँपालिका आधारभुत स्वास्थ्य सेवामा मजबुद बन्दै गएको छ । गाउँपालिकाको सातै वडामा आधारभुत स्वास्थ्य सेवा, पाँच शैय्याका अस्थायी अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि आधारभुत स्वास्थ्य सेवामा मजबुद भएको हो ।

गाउँपालिका ७ वडामा विभाजित छ । ३, ६ र ४ नम्बर वडामा प्रसुति गृहसहितको स्वास्थ्य सेवा रहेको छ भने १ नम्बर वडामा स्वास्थ्यचौकी रहेको छ । त्यसैगरी, ४ नम्बर वडाको डोलकाटीमा पाँच शैय्याको अस्थायी अस्पताल रहेको छ ।

यस्तै, स्वास्थ्य चौकी नभएका वडामा आधारभुत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिएको स्वास्थ्य शाखा संयोजक रतन बुढ्थापाले बताए । उनले भने संघीय सरकारको १५ लाख बजेटमा ३ वटा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्न थालिएको छ । यहाँको वडा नम्बर २ तल्फी गाउँमा आधारभुत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ ।

५ र ७ नम्बर वडामा स्थापना गर्न बाँकी रहेको उनले बताए । स्थापना गर्न बाँकी रहेका आधारभुत स्वास्थ्य केन्द्र पनि छिट्टै स्थापना गरी सेवा प्रवाह गर्ने योजना बनाएका छौँ ।

गाउँपालिकाले स्थापना गरेको अस्थायी अस्पतालमा चिकित्सकको पदपूर्ति हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार चिकित्सकका लागि विज्ञापन गरौँ तर कोही पनि आएनन् । गाउँपालिकाको स्वास्थ्य क्षेत्र तर्फ चालु आर्थिक बर्षमा १ करोड ७४ लाख रकम विनियोजन गरेको छ ।

गाउँपालिकाकै स्वास्थ्य संस्थामा उपचार हुन नसकेका तथा जटिल प्रकृतिका विरामीलाई थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पठाउने गरिएको उनले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ