२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेश‘स्वास्थ्य सेवामा मादी अब्बल छ’

‘स्वास्थ्य सेवामा मादी अब्बल छ’


कास्की जिल्लाको मादी गाउँपालिका साविकको नामार्जुङ, पार्चे, सिल्दुजुरे, थुमाकोडाँडा, भाचोक, मिजुरेडाँडा, सैमराङ, कालिका वडा ६–९, माझठानाको २ र ३ तथा हंसपुर गाविसका ५ र ८ वडा समेटी गाउँपालिकाका १२ वटा वडा बनाइएका छन् । गाउँपालिकाको केन्द्र विवादले प्रशासनिक भवन निर्माण भने अन्यौल छ । तर गाउँपालिकाका क्षेत्रमा स्वास्थ्य पहुँच सहज बनाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रमा के कस्ता कामहरु भएका छन् ? स्वास्थ्य सुविधा र पहुँचको अवस्था कस्तो छ लगायतका विषयमा गाउँपालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेलः

पालिकावासीलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले वडाबासीका लागि वडामा नै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी गाउँपालिकाले योजनाबद्ध काम गरिरहेको छ । मादी गाउँपालिकामा अहिलेसम्म पिच बाटोले छोएको छैन तर पनि सबै क्षेत्रमा सडक पु¥याउने गरी काम भइरहेको छ । यसबाट अस्पताल पुग्न सहज हुनुका साथै एम्बुलेन्स सञ्चालन गर्न सहज भएको छ । सबै वडामा स्वास्थ्य चौकी स्थापना र धेरैजसोमा भवन निर्माण भइसकेका छन् । स्वास्थ्यकर्मीसमेत व्यवस्थापन भइसकेको छ ।

आधारभूत सेवा केन्द्र मादीका वडा नम्बर २, ४ र ५ मा स्थापना गरिएको छ । थुम्सीकोटमा १५ शैय्याको प्राथमिक स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइसकेको छ । माननीय खगराज अधिकारी स्वास्थ्य मन्त्री हुँदा संघीय सरकारमार्फत बजेट प्राप्त भएर निर्माण थालिएकोमा अहिले सम्पन्न भएको हो । भाडाको घरमै भएपनि हामीले सेवा सञ्चालन गरेका छौं । तर, पूर्ण क्षमतामा भने सञ्चालन गर्न सकिएको छैन, आगामी वैशाखदेखि नयाँ भवनबाट पूर्ण क्षमताको सेवा सञ्चालन गर्ने योजना बनाएका छौं ।

गाउँपालिकाले टेन्डर गरेर औषधी खरिद गर्छ, सरकारले तोकेका सबै प्रकारका औषधी गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराउँछौ, अभाव हुन दिएका छैनौं । गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका २०७४ मै घोषणा भइसकेको छ । लक्षित समूहका लागि हरेक वडामा ५ लाखका दरले रकम विनियोजन गरिएको छ । वडाको संयोजन र सहकार्यमा स्थानीयको मागको आधारमा योजना सञ्चालन गर्ने गरेका छौं । उपाध्यक्षसँग महिला कार्यक्रमअन्तर्गत अति अशक्तका लागि वार्षिक ६ हजार राहत उपलब्ध गराउने निर्णय गरेका छौं ।

मादी ५ को स्वास्थ्य चौकी भवन निर्माणाधीन छ । गाउँपालिकाको माथिल्लो क्षेत्रका लागि मादी ७ तल्लो छाचोक ज्याउँदुमा १५ शैय्याको अस्पताल शिलान्यास भई निर्माण प्रक्रियामा छ । तारकाङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई कोभिड अस्पताल बनाएर काम गरिएको थियो । पालिकाभित्र उपचार हुन नसक्ने जटिल खालका समस्या भएका बिरामीलाई पोखरा पुग्न एम्बुलेन्सले सहयोग गरेको छ । मादीमा २ वटा एम्बुलेन्स सञ्चालनमा छन्, एउटा मादी गापाले नै सञ्चालन गरेको हो भने अर्को रुदी हाइड्रोपावरले सञ्चालन गरेको हो ।

ग्रामीण क्षेत्रका जनताकोे आर्थिक अवस्था कमजोर भएकालाई पोखरा पुगेर उपचार गराउँदा धेरै नै खर्च हुने अवस्था छ । यसमा सरकारले ल्याएको स्वास्थ्य बिमा प्रभावकारी बनाउन सके राहत हुने थियो । सामान्य प्रकृतिको उपचार गाउँपालिकाभित्रै भएपनि त्यसबाहेकका जटिल समस्याको उपचारका लागि पोखरा पुग्नुपर्ने हुन्छ । पोखरामा उपचार गर्दा खर्च बढी लाग्छ । त्यो खर्च कम गर्न सबैलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउन सके लाभदायी हुने थियो । तर, पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल स्वास्थ्य बिमा गराएका बिरामीको पहिलो सेवा बिन्दु हुन जान्छ तर सेवा भने राम्रो छैन, मान्छे हेरेर औषधी छ वा छैन भन्ने गरिन्छ ।

अलि जान्ने बुझ्ने जस्तो लागे दिने नत्र छैन भनेर पठाइदिने पनि गर्दा रहेछन् । म आफैंले स्वास्थ्य बिमाबाट राम्रो सुविधा लिन नसकेको अनुभव छ । यसबारे सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी नहुँदा हामीले सबै जनतालाई सहभागी हुनुहोस् है भनेर जानै पनि कठिन भएको छ, राज्यले ल्याएको सुविधा उपयोगमा बाधा पुगेको छ । स्वास्थ्य बिमाबाट जनताको स्वास्थ्यतर्फको आर्थिक भार कम हुने थियो । तर स्वास्थ्य बिमा गराएकाहरुले पनि कतिपयले नवीकरण नगर्ने अवस्था छ ।

हेल्थआवाजका सुनील सापकोटासँग  कुराकानीमा आधारित


क्याटेगोरी : गण्डकी प्रदेश, पालिका स्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ