२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशकोरोना भाइरस विरुद्धको खोप अभियान तिलोत्तमा नगरपालिकामा

कोरोना भाइरस विरुद्धको खोप अभियान तिलोत्तमा नगरपालिकामा


बुटवल—रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना भाइरस विरुद्धको खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । नगरका सबै १७ वटा वडाहरुबाट सेवा दिने गरी तयारी गरेको छ ।

सबै वडामा खोप केन्द्र स्थापना गरिएको छ । नगरपालिकाभित्रका ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन लागिएको तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना गरिसकेको नगरपालिकाले कोरोना संक्रमितहरुको समेत व्यवस्थापनमा सफल देखिएको थियो । खोपलाई सहज र व्यवस्थित बनाउने गरी तयारी भैरहेको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए । ‘हामीले जनप्रतिनिधिहरुसँगको परामर्शको आधारमा नगरवासीको सहजताको लागि हरेक वडामा खोप केन्द्र निर्धारण गरेर काम गरेका छौं,’ उनले भने ।

सरकारले भने फागुन २३ गतेदेखि मुलुकभर दोस्रो चरण संचालन गरेको भएपनि तिलोत्तमाले भने आइतबारदेखि खोप अभियान सुरु गर्न लागेको हो । अभियान ३ दिनसम्म चल्ने छ । नगरपालिकाले यो अभियानमा नगरभित्रका झण्डै दश हजार जेष्ठ नागरिकहरुलाई कोरोना भाइरस विरुद्धको खोप दिने लक्ष्य राखेको छ ।

खोपबाट बन्चित हुने अवस्था नआउने गरी उमेर खुल्ने सरकारी कागजातले खोप लगाउन सकिने नगरपालिकाले जनाएको छ । विश्व स्वास्थ्य संगठन समेतले प्रयोग अनुमति दिएको खोप लगाइ कोभिड–१९ बाट सुरक्षित रहन नगरप्रमुख घिमिरेले आग्रह गरे ।

नगरका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रहरुमा खोप कार्यक्रम सञ्चालन हुनेछ । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), सिकलसेल, एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ