२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश‘रेड जोन’मा परेको लुम्बिनीमा कोरोना संक्रमणको दर शुन्यतर्फ

‘रेड जोन’मा परेको लुम्बिनीमा कोरोना संक्रमणको दर शुन्यतर्फ

खोप अभियान जारी


बुटवल—सुरुवाती समयमा कोरोना भाइरस संक्रमणका हिसाबले ‘रेड जोन’मा परेको लुम्बिनी प्रदेशमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । प्रदेशका १२ जिल्लामध्ये चारवटा जिल्लामा कोरोना भाइरस संक्रमण दर शुन्यमा झरिसकेको प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ ।

पहाडी जिल्लाहरु गुल्मी, अर्घाखाँची, रोल्पा र रुकुमपूर्व हाल संक्रमण शुन्य जिल्लाहरु हुन् । सुरुवाती समयमा ठूलो संख्यामा संक्रमित रहेको लुम्बिनी प्रदेशमा अहिले भने सक्रिय संक्रमितको संख्या १ सय १७ मात्र रहेको छ । संक्रमण पुष्टी हुने दरमा समेत निकै कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।

प्रदेश मन्त्रालयको रेकर्डअनुसार रुपन्देहीमा सबैभन्दा बढी ३८ जना सक्रिय संक्रमित छन् । त्यसैगरी दाङमा २५, बाँकेमा २०, पाल्पामा १३, बर्दियामा १०, कपिलवस्तु र नवलपरासीमा ५–५ जना र प्युठानमा एक जना सक्रिय संक्रमित छन् ।

प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या २७ हजार ४ सय ७५ रहेको छ । जसमा २६ हजार ९ सय ४९ जना निको भइसकेका छन् भने ४ सय ६ जनाको मृत्यु भएको छ ।

प्रदेशको सबैभन्दा सक्रिय संक्रमित रहेको जिल्ला रुपन्देहीसहित अन्य जिल्लाहरुमा समेत खोप अभियान जारी रहेको छ । चरणवद्ध रुपमा खोप लगाउने योजना अनुरुप जिल्लाका पालिकाहरुको समन्वयमा जेष्ठ नागरिकका लागि कोरोना भाइरस विरुद्धको खोप दिइएको छ ।

रुपन्देहीमा आइतबारदेखि सुरु अभियानमा जिल्लाका सवै जेष्ठ नागरिकलाई खोप दिने गरी काम भैरहेको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

पहिलो डोज खोप लगाएको १० देखि १२ हप्ताको फरकमा दोस्रो डोज खोप लगाउनुपर्छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ