२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीरः अस्पताल

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीरः अस्पताल


काठमाडौं—मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

उनको हाल पूर्ण भेन्टिलेटरको सहायतामा उपचार जारी राखिएको छ ।

१४ फागुनमा मष्तिष्कघात भएर उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास लिएपछि केही दिन उनलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।

तर, अवस्था पुनः बिग्रिएपछि जोशीलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो । हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ