२०८२ असार २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १०७ जनामा कोरोना पुष्टि

थप १०७ जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय ७  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६  सय १० पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.५ प्रतिशत रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ३ हजार १५ जनाको निधन भएको छ। पछिल्लो २४ घण्टा थप एक जना सक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ