२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व बैंकद्वारा कोरोना खोप खरिदका लागि नेपाललाई ८.७ अर्ब ऋण दिने निर्णय

विश्व बैंकद्वारा कोरोना खोप खरिदका लागि नेपाललाई ८.७ अर्ब ऋण दिने निर्णय


विश्व बैंकले कोरोना खोप र महामारीको प्रतिकार्यका लागि नेपाललाई ८ अर्ब ७० करोड रुपैयाँ ऋण प्रदान गर्ने निर्णय गरेको छ ।  बैंकको कार्यकारी निर्देशक बोर्डले शुक्रबार गरेको निर्णयअनुसार नेपालमा खोप अभियानलाई बलियो पार्ने निमित्त अन्तर्राष्ट्रिय विकास संघबाट उक्त ऋण सहयोग गर्ने लागिएको हो।

सो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यालाई खोपको सुविधा प्रदान गरिने विश्व बैंकले आशा व्यक्त गरेको छ।

बैंकका निर्देशक फरिस हदाद-जर्भोसका अनुसार महामारीले खोपको खरीदखरिद, आपूर्ति र वितरणमा विशाल चुनौति र अनिश्चित वातावरण प्रस्तुत गरिरहेको बेलामा माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि विश्व बैंकले सहयोग गर्न लागेको हो। ‘यो नेपालसँगको हाम्रो बलियो साझेदारीको प्रमाण हो कि बैंकले कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सहयोग गर्न छिटो कदम चाल्यो। ,उनले भने।

बैंकले उक्त रकमको ९० प्रतिशत कोभिड १९ खोप खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप बिस्तार गर्न प्रयोग हुने उल्लेख गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ