२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमुद्दा मिलाउन दुई लाख घुस प्रकरण : पक्राउ परेका फार्मेसी अधिकृत विरुद्ध अदालतमा मुद्दा दर्ता

मुद्दा मिलाउन दुई लाख घुस प्रकरण : पक्राउ परेका फार्मेसी अधिकृत विरुद्ध अदालतमा मुद्दा दर्ता


विराटनगर – बन्द भएको फार्मेशीको मुद्दा मिलाइदिने भन्दै दुई लाख रूपैयाँ घुस लिने क्रममा रंगेहात पक्राउ परेका नेपाल औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । फार्मेसी अधिकृत सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

सेवाग्राहीबाट घुस बापत दुई लाख अतिरिक्त रकम लिएको प्रमाणित भएपछि सो बराबरको बिगो कायम गरी उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारको स्टिङ अपरेशनका क्रममा गत फागुन १३ गते उनी पक्राउ परेका थिए ।

बन्द रहेको तेह्रथुमको एक फार्मेसी पसल खोल्न मद्दत गर्ने सर्तमा सेवाग्राहीबाट विराटनगर–३ दूधफारमस्थित भट्टराई होटलबाट रकम लिँदै  गर्दा सुवेदी पक्राउ परेका थिए ।

यसरी मागेका थिए फार्मेसी अधिकृतले २ लाख घुस

गत भदौमा तेह्रथुमको मेन्छयाएम गाउँपालिकामा रहेको एउटा फार्मेशीमा एकजना विरामीको मृत्यु भएको थियो । विरामीको मृत्यु भएपछि ५ भदौमा उक्त फर्मा बन्द गरियो । सो फार्मेशी औषधी व्यवस्था विभाग विराटनगले सिलवन्दी गरी ६ महिना बन्द गरिदियो । सो घटनाको अनुसन्धान गर्न विभागका निमिक्त कार्यालय प्रमुख सन्जिव शर्मा कट्टेलले काररमा नियुक्त भएका फार्मेसी अधिकृत सुवेदीलाई तोकिदिएका थिए ।

सुवेदीले २ लाख रुपैयाँ दिए मुद्दा मिलाइदिने र बन्द भएको फार्मेशी पनि खुलाइदिने भन्दै घुस रकम मागेको अख्तियार स्रोतले जानकारी दिएको छ । घुसहित पक्राउ परेका सुवेदीले फार्मेसीका संचालकलाई आफुभन्दा माथिल्लो तहका कर्मचारीसम्मलाई मिलाइदिने भन्दै २ लाख रुपैयाँ घुस रकम मागेको स्रोतको दाबी छ ।

सुवेदी घुस रकम लिन औषधी व्यवस्था विभाग विराटनगरको कार्यालयदेखि १ किलोमिटर पश्चिममा रहेको विराटनगर ३ मा रहेको भट्टराई होटलमा पुगेका थिए । सोही होटलदेखि उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका सुवेदीले माथिल्लो तहको कर्मचारीलाई पनि मिलाउनुपर्ने बयानको क्रममा बताएपछि अख्यितारले यस घटनामा फराकिलो तरिकाले अनुसन्धान सुरू गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ