२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना कहर : लुम्बिनी प्रदेशका नाकाहरुमा सतर्कता

कोरोना कहर : लुम्बिनी प्रदेशका नाकाहरुमा सतर्कता

मेला पर्वमा भिडभाड नगर्न प्रशासनको सूचना


बुटवल – सीमावर्ती भारतमा कोरोना भाइरस संक्रमणदर निरन्तर बढेको भन्दै लुम्बिनी प्रदेशका नाकाहरुमा सावधानी अपनाउन थालिएको छ । जसका लागि आवतजावतमा निगरानी बढाउन थालिएको हो ।

सुरुवाती समयमा ‘रेड जोन’मा रहेको लुम्बिनी प्रदेशमा भाइरस संक्रमणदर शुन्यतर्फ उन्मुख भैरहेका बेला भारतमा संक्रमितको संख्या वृद्धि भएसँगै सावधानी अपनाउन थालिएको छ । प्रदेश अन्तरर्गतका सीमा नाकामा प्रभावकारी स्वास्थय चेकजाँच सहितको व्यवस्था मिलाउनु पर्नेमा स्थानीयहरुको जोड छ ।

कोभिड १९ का कारण पछिल्लो चरण मृत्युदरमा बृद्धि भएको भन्दै सचेत रहन चिकित्सकहरु सुझाव दिन्छन् । भारतमा पछिल्लो पटक देखा परेको संक्रमणले मृत्युदरलाई बृद्धि गरेको उनीहरुको बुझाइ छ ।

कोभिड १९ को जोखिम कम नभएको भन्दै रुपन्देहीको बेलहिया नाकामा कडाइ गरिएको छ । शाक्यमुनी बुद्धको जन्मस्थल लुम्बिनी देखि बाघका लागि प्रसिद्ध बर्दिया राष्टिय निकुन्ज सम्म भारतबाट आउनेहरुको मुख्य मार्गका रुपमा हरेको बेलहियामा आवतजावतमा कडाइ गरिएको छ । उता कपिलवस्तु, दाङ्ग, पश्चिम नवलपरासीलगाएतका नाकामा पनि कडाइ गर्न लागिएको छ ।

भारतबाट आउने नागरिकहरुको ज्वरो नाप लगाएत आधारभूत स्वास्थ्य परिक्षण गर्ने गरी नाका व्यवस्थापन गर्न मन्त्रालयले परिपत्र गरेसँगै त्यसको तयारी सुरु गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

संक्रमण हुन सक्ने भन्दै पर्वहरुमा भिडभाड नगर्न प्रशासन कार्यालयहरुले सूचना प्रकासन गर्न थालेका छन् । यता, जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोभिड–१९ को संक्रमण बढ्न नदिनका लागि होली पर्वमा भिडभाड नगर्न समेत आग्रह गरेको छ ।

प्रशासनले एक सूचना जारी गर्दै कोभिड १९ को संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दूरी कायम गर्न समेत भनेको छ । प्रशाकीय अधिकृत जनक थापाले सुचना जरी गर्दै जनस्वास्थ्यका सुरक्षा मापदण्ड पालना गर्न भनेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ