२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी, क्वारेन्टाइन निर्माणदेखि सीमा बन्दसम्म

लुम्बिनी प्रदेशमा कोरोना नियन्त्रणको तयारी, क्वारेन्टाइन निर्माणदेखि सीमा बन्दसम्म


बुटवल – लुम्बिनी प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमण नियन्त्रणको लागि तयारी सुरु भएको छ । प्रदेशका जिल्लाहरुमा क्वारेन्टाइन निर्माण देखि भारतीय सीमा बन्द सम्मका निर्णय भएका छन् ।

प्रदेश अन्तरर्गत प्रमुख जिल्ला अधिकारीहरुले सूचनाहरु जारी गर्दै प्रदेशमा क्वारेन्टाइन निर्माणदेखि सामाजिक दुरी कायम  गर्नेसम्मका निर्देशनहरु जारी गरेका हुन् ।

प्रदेशको रुपन्देही जिल्लामा होली पर्व मनाउँदा भिडभाड नगर्न र समाजिक दुरी कायम गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले सुचना जारी गर्दै संक्रमणको जोखिमलाई मध्यनगर गरी जनस्वास्थयका मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

भारतीय सीमा क्षेत्र बेलहिया नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । सीमा क्षेत्र हुँदै भारतबाट नेपाल आउनेहरुको ज्वरो नाप गरिने बताइएको छ । उता, बाँके जिल्लामा आठ वटै स्थानीय तहलाई क्वारेन्टाइन निर्माण लगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।

त्यस्तै, अत्यावश्यक स्वास्थ्य सेवा बाहेक सीमा पारी प्रवेश गर्नमा समेत रोक लगाएको छ । सामान्य कामका लागि सीमा पारी नजान सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ ।

यता, पहाडी जिल्ला गुल्मीमा पनि सावधानी सुरु गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी जनस्वास्थ्य सावधानीका उपायहरु अवलम्वनमा जोडदिने निर्णय गरेको छ ।

प्रशासनले फागूपुर्णिमा पर्व पनि परिवारभित्र मात्रै मनाउन आग्रह गरेको छ । जिल्लाका होटल, रेष्टुरेन्ट तथा मदिरा विक्री-वितरण गर्ने पसल व्यवसाय राति ८ बजेपछि बन्द गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताइन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ