२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण [फोटो फिचर]

चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण [फोटो फिचर]


काठमाडौं – चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको छ । उक्त अस्पतालमा आइतबार भरतपुर महानगरपालिका वडा नं. १० स्थायी घर भएकी ५४ वर्षकी धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको हो ।

धनकुमारीलाई उनकी ३४ वर्षीया छोरीले कलेजो दिएकी हुन्।

 

अस्पतालले दिएको जानकारी अनुसार विशेषज्ञ डा. सञ्जय यादव, डा. प्रविन जोशी, डा. जयन्त कुमार साह, डा. एकानन्द सिंह, डा. अभिषेक भट्टराईको टोलीले शल्याक्रिया गरेका हुन् । यस्तै, भारतको अपोलो अस्पतालका डा. निरभ गोयलले प्राविधिक सहयोग गरेका थिए।

१२ घण्टा लगाएर गरिएको उक्त प्रत्यारोपणमा एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, डा. सुरेश गौतम डा. नविन यादव, हेपाटोलोजिष्ट डा. सागर पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सूमि कार्की अस्मिता थापा, पष्पा थापा मगर, डा. बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा. विज्ञान पौडेल, बायोमेडिकल इन्जिनियर प्रकास खतिवडा समेतको सहभागिता थियो।

कलेजो प्रत्यारोपण काठमाडौँ उपत्यका बाहिर गरिएको यो पहिलोपटक हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ