२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १इन्टर्न चिकित्सकमाथि भएको आक्रमणको युवा चिकित्सक संघद्वारा विरोध

इन्टर्न चिकित्सकमाथि भएको आक्रमणको युवा चिकित्सक संघद्वारा विरोध


काठमाडौं-विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न चिकित्सक नन्दन कु. साहमाथि बिरामीका आफन्तहरुले गरेको सांघातिक आक्रमणको घटनाप्रति युवा चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार युवा चिकित्सक संघ प्रदेश १ का महासचिव डा. आशिष पनेरुले एक विज्ञप्ति जारी गर्दै संघको उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

संघले स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि चौतर्फी रुपमा आक्रमण भैरहनु तर सम्बन्धित निकायबाट कार्वाही नहुनु गम्भीर चिन्ताको विषय भएको जनाएको छ । ‘मानव सेवामा समर्पित अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीमाथि हुने सांघातिक हमलाप्रति यो संघ कडा विरोधसहित खेद प्रकट गर्दछ,’ संघको विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई अपराधिक क्रियाकलापका कारण बारम्बार असहजता प्रदान गर्ने घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मी मात्र भनई अन्य सर्वसाधारण नागरिकलाई समेत गम्भीर असर पुग्ने भन्दैं संघले यस्ता घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न सरकार तथा सुरक्षा निकायसँग ममाग गरेको छ ।

यस्तै, घटनाप्रति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको विद्यार्थी कल्याण समाजले पनि विरोध गरेको छ । समाजका अध्यक्ष डा. अभिषेक अमरले विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि भएको उक्त घटनाको संलग्नमाथि कारवाही माग गरेका छन् ।

के भएको थियो घटना ?

इन्टर्न चिकित्सक नन्दनकुमार इनरुवा अस्पतालमा कार्यरत थिए । मंगलबार साँझ सर्पले टोकेका एक बिरामी अस्पताल ल्याइए । बिरामीको अवस्था क्रिटिकल थियो । इनरुवा अस्पतालमा आइसियु नभएपछि क्रिटिकल बिरामीलाई गोल्डेन अस्पताल विराटनगर रिफर गरियो ।

अस्पतालका मेसुले एम्बुलेन्स र बिरामीसँगै नन्दनकुमारलाई पठाए । एम्बुलेन्समा अस्पताल पुग्नुभन्दा केही अगाडि बाटैमा बिग्रियो । एम्बुलेन्सकका चालक र नन्दनकुमार मिलेर नयाँ एम्बुलेन्स खोजेर बिरामीलाई अस्पताल पठाए ।

अस्पताल पु¥याउँदा बिरामीको अवस्था गम्भीर भएपछि एम्बुलेन्सका ड्राइभर चिकित्सकमाथि बिरामीका आफन्तले आक्रमण गरे । चालक भागेर बच्न सफल भए तर नन्दकुमार बिरामीको आफन्तको आक्रमणबाट घाइते भए । त्यसपछि गोल्डेन अस्पतालमा उपचार गरेर उनी इनरूवा फर्किएको युवा चिकित्सक संघ प्रदेश १ का महासचिव डा. डा. आशिष पनेरुले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ