२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १२० जनामा कोरोना पुष्टि

थप १२० जनामा कोरोना पुष्टि


काठमाडौं—नेपालमा थप १ सय २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५ सय ९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २  सय ७२  जना  पुगेको छ । नेपालमा संक्रमणमुक्त हुनेको दर ९८.५ प्रतिशत रहेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार २० पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ