२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रदेशमा कोरोना संक्रमण नियन्त्रणको तयारी, क्वारेन्टाइन निर्माणदेखि सीमा बन्दसम्म

लुम्बिनी प्रदेशमा कोरोना संक्रमण नियन्त्रणको तयारी, क्वारेन्टाइन निर्माणदेखि सीमा बन्दसम्म


बुटवल—लुम्बिनी प्रदेशका जिल्लाहरुमा कोरोना संक्रमण नियन्त्रणको लागि तयारी सुरु भएको छ । भारतमा कोरोना संक्रमणको दर पुनः वृद्धि हुन लागेपछि प्रदेशमा सर्तकता अपनाउन लागिएको हो ।

प्रदेशका जिल्लाहरुमा क्वारेन्टाइन निर्माणदेखि भारतीय सीमा बन्दसम्मका निर्णय भएका छन् । प्रदेश अन्तर्गतका प्रमुख जिल्ला अधिकारीहरुले सूचनाहरु जारी गर्दै प्रदेशमा क्वारेन्टाइन निर्माणदेखि समाजिक दुरी कायम गर्नेसम्मका निर्देशनहरु जारी गरेका हुन् ।

प्रदेशको रुपन्देही जिल्लामा होली पर्व मनाउँदा भिडभाड नगर्न र समाजिक दुरी कामय गर्न भनिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले सुचना जारी गर्दै संक्रमणको जोखिमलाई मध्यनगर गरी जनस्वास्थयका मापदण्ड अपनाउन आग्रह गरेका छन् । भारतीय सीमा क्षेत्र बेलहिया नाकामा हेल्प डेस्क स्थापना गरिएको छ । सीमा क्षेत्र हुँदै भारतबाट नेपाल आउनेहरुको ज्वरो नाप गरिने बताइएको छ ।

उता बाँके जिल्लामा आठ वटै स्थानीय तहलाई क्वारेन्टाइन निर्माणलगायतका आवश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ । त्यस्तै अत्यावश्यक स्वास्थ्य सेवाबाहेक सीमा पारी प्रवेश गर्नमा समेत रोक लगाएको छ । सामान्य कामका लागि सीमा पारी नजान सर्वसाधारणलाई प्रशासनले आग्रह गरेको छ ।

यता पहाडी जिल्ला गुल्मीमा पनि सावधानी सुरु गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी जनस्वास्थ्य सावधानीका उपायहरु अवलम्वनमा जोड दिने निर्णय गरेको छ । प्रशासनले फागू पूर्णिमा पर्व पनि परिवारभित्र मात्रै मनाउन आग्रह गरेको छ । जिल्लाका होटल, रेष्टुरेन्ट तथा मदिरा बिक्री वितरण गर्ने पसल व्यवसाय राति ८ बजेपछि बन्द गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताइन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ