२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिप्स र कुरकुरे मात्र खाँदा दृष्टिबिहीन बने किशोर

चिप्स र कुरकुरे मात्र खाँदा दृष्टिबिहीन बने किशोर


एजेन्सी–चिप्स र कुरकुरे खाएपछि एक किशोरको आँखाको नानी नै बन्द हुने अबस्थामा पुगेको छ । जंकफुडले स्वास्थ्यमा गम्भीर अशर गरेको भन्दै बेलायतका चिकित्सकले त्यस्ता खानेकुरा नखान सुझाब दिएका छन् । चिप्सका कारण बेलायतको ब्रिस्टलका एक किशोरको नानी गुम्ने अवस्थामा पुगेको चिकित्सकहरुले बताएका हुन् ।

प्राथामिक विद्यालय छोडेपछि ती किशोरले फ्राई गरेका फान्सेली परिकार र ह्वाईट ब्रेड मात्र खान्थे । उनले कहिलेकाही ससेस पनि खान्थे । चिकित्सकहरुका अनुसार उनमा भिटामिनको कमि र कुपोषण देखिएको छ ।

नाम गोप्य राखिएका ती किशोर १४ वर्षको उमेरमा निकै थकित र बिरामी भएका थिए । त्यसबेला उनमा भिटामिन बिको कमि भएको बताइएको थियो । तर, पनि उनको पहिलेको जस्तै जंक फुड खाने आदत छुटेन र डाइटमा कुनैै सुधार हुन सकेन । इन्र्टरनेसनल मेडिसिन जर्नलका अनुसार त्यसको तीन वर्षपछि उनले राम्रोसँग आँखा देख्न सकेनन र उनलाई ब्रिस्टल आँखा अस्पतालमा भर्ना गरियो ।

उनको उपचारमा संलग्न डा. डेनिजे अतन भन्छिन, ‘उनले स्थानीय माछाबाट बनेको चिप्स पसलबाट सधै किनेर खादा रहेछन । उनले कहिलेकाही प्रिंगल्स र कहिलेकाही ह्वाईटब्रेड खाएका थिए ।’ ती किशोरले सागसब्जी र कुनै फलफुल खाएका थिएनन् । उनको सम्पूर्ण डाइट चिप्स र कुरकुरेमा निर्भर थियो ।

डा. अतन र उनकी सहकर्मीले ती किशोरको भिटामिनको तह पुनः परीक्षण गर्दा उनमा भिटामिन बी–१२लगायत अन्य महत्वपूर्ण भिटामिन, खनिज, कपर, सेलिनियम र मिटामिन डी कमि रहेको पाइएको थियो ।

उनको तौल न बढी थियो न त कमी नै, तर नराम्रो खानेशैलीका कारण निकै कुपोषित थिए । ‘उनको हड्डीबाट खनिज हराएको थियो, जुन उनी जस्ता उमेरका किशोरका लागि अपरिहार्य मानिन्छ ।

‘उनलाई भिटामिन सप्लिमेन्ट प्रदान गर्नुका साथै पोषणबिद र विशिष्ट मानसिक स्वाथ्य समूहलाई रिफर गरिएको थियो । उनको आँखाको बिचमा ब्लाइन्ड स्पोट्स थिए, त्यसको अर्थ उनले गाडि चलाउन सक्दैनन भने पढ्न तथा टेलिभिजन हेर्न कठिन हुनेछ । ’ डा. अतनले भनिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ