२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त

फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त


काठमाडौं—फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्षमा पाण्डेलाई नियुक्त गरेको हो ।

यसअघिका काउन्सिलका अध्यक्ष केशवध्वज जोशीको ४ वर्षे कार्यकाल १७ फागुनमा सकिएको थियो । जोशीको कार्यकाल सकिएपछि पाण्डे ४ वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त भएका हुन् ।

यस्तै, काउन्सिलका रिक्त सदस्यहरुमा अमृत थापा, निरज बर्तौला, निशान्तकुमार गुप्ता, महासागर ज्ञवाली नियुक्त भएका छन् ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा बिहीबारका क्याबिनेटको बैठकले उनीहरुलाई जिम्मेवारी दिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ