×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठसमाचार१५२० जना स्वास्थ्य कर्मचारीको समायोजन [नामसहित]

१५२० जना स्वास्थ्य कर्मचारीको समायोजन [नामसहित]


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ हजार ५ सय २० जना स्वास्थ्य कर्मचारीको समायोजन मिलान गरेको छ। सोमबार मन्त्रालयले सूचना जारी गरी समायोजन मिलान भएका कर्मचारीहरुको नाम सार्वजनिक गरेको हो।

 समायोजन मिलानका लागि  २ हजार ४ सय कर्मचारीले निवेदन पेश गरेका थिए । जसमध्य १ हजार ५ सय २० जना स्वास्थ्य कर्मचारी समायोजन भएका हुन् ।

सरकारले यसपटक कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड ल्याएको छ।  मापदण्डअनुसार प्रदेश र स्थानीय तहको सहमति अनुसार कर्मचारीहरु एक प्रदेशबाट अर्को प्रदेश, प्रदेशबाट स्थानीय तह र एक स्थानीय तहबाट अर्को स्थानीयत तहमा समायोजन तथा मिलान गर्न सकिने व्यवस्था गरेको हो ।

यस्तै,  मन्त्रालयले पेश भएका केहि निवेदन सहि ढाँचाको नपाइएको भन्दै समायोजन नभएका, भएका र मिलान गर्न चाहने कर्मचारीसँग १ फागुनबाट निवेदन माग गरिसकेकामा म्याद थप गरेर फागुन मसान्त पुर्‍याइएको थियो ।

समायोजनमा परेका कर्मचारीहरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)