२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशवायु प्रदूषणको प्रभाव लुम्बिनीमा, विद्यालयहरु बन्द

वायु प्रदूषणको प्रभाव लुम्बिनीमा, विद्यालयहरु बन्द


बुटवल—वायु प्रदूषणको प्रभाव लुम्बिनी प्रदेशमा देखिएको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने कणसहितको वायुका कारण यो क्षेत्र प्रभावित भएको हो ।

बुटवल, भैरहवा, देवदह, सैनामैना, तिलोत्तमालगायतका सहरहरुमा हावा दुषित भएपछि विद्यालयहरु बन्द भएका छन् ।

संघीय सरकारले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेसँगै स्थानीय पालिकाहरुको समन्वयमा प्रदेशअन्तर्गतका विद्यालयहरु बन्द गरिएको छ । आन्तरिक परीक्षा संचालन भैरहेका विद्यालयहरुले भने विद्यालय बन्द गरेका छैनन् ।

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी वातावरण दूषित भएपनि सर्तकता अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ । ‘लामो समय पानी नपरेका कारण धुलाका कणहरु बढेका छन् । जसका कारण वातावरण दूषित भएको छ । हामी सचेत हुनुपर्छ,’ वातावरणको क्षेत्रमा कलम चलाइरहेका लेखक तथा वतावरणविद् युवराज कँडेलले भने ।

रुपन्देहीका स्थानीय तहहरुको समन्वयमा विद्यालयहरु बन्द गर्ने निर्णय भएको प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ ज्ञवालीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ