२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्याथोलोजी एशोसिएसनको अध्यक्षमा डा. झा

प्याथोलोजी एशोसिएसनको अध्यक्षमा डा. झा


काठमाडौं – क्लिनिकल प्याथोलोजी  एशोसिएसन, नेपाल (एसीपीएन)को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार नेपाल मेडिकल एशोसिएसन प्रदर्शनी मार्गमा भएको निर्वाचनबाट नयाँ कार्य समिति चयन भएको हो ।

निर्वाचन समितिका संयोजक डा. आर.सी.अधिकारीले नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरुको घोषणा गरेका थिए । जसमा अध्यक्षमा डा. रुणा झा निर्विरोध निर्वाचित भएकी छिन्।

उपाध्यक्षमा डा. सुनिती श्रेष्ठ, सचिवमा डा. निराजन मैनाली, सह-सचिवमा डा शंकर काफ्ले र कोषाध्यक्षमा डा रिचा पान्डे निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरूमा डा. गणेश पराजुली, डा. निशा शर्मा, डा. स्वेछा मास्के, डा. विवेक केसी, डा. फहद आलम र डा ज्वलन्त पौडेल चयन भएका छन् ।

नयाँ कार्य समिति चयन भएसँगै कार्यसमितिको पहिलो बैठक पनि सम्पन्न भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ