२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना कहरः भेरी अस्पतालमा परीक्षण गरिएकामध्ये झण्डै ७० प्रतिशतमा कोरोना पुष्टि

कोरोना कहरः भेरी अस्पतालमा परीक्षण गरिएकामध्ये झण्डै ७० प्रतिशतमा कोरोना पुष्टि


नेपालगन्ज—भारतमा कोभिड—१९ को दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको छ । भेरी अस्पताल प्रयोगशाला नेपालगन्जमा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये झण्डै ७० प्रतिशतमा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

अस्पतालकाअनुसार १८३ वटा नमुना परीक्षण गर्दा १२७ जनामा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । जुन पोजेटिभिटी रेट ६९.४ प्रतिशत हुन आउँछ ।

‘एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो,’ अस्पताल प्रयोगशालाले भनेको छ, ‘यसले कोभिड—१९ को संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ ।’ अस्पतालले स्रोत साधन भ्याएसम्म बिरामीको उपचारमा कटिबद्ध भएको जनाएको छ ।

‘तर, यही क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित छ,’ अस्पतालले भनेको छ, ‘अतः संक्रमणलाई थप फैलिन नदिन नेपाल सरकारले अनुरोध गरे बमोजिमका सुरक्षाका मापदण्डहरूको पूर्ण पालना गरौं ।’

भेरी अस्पतालमा कोभिड—१९ पोजेटिभ देखिएका अधिकाशं बाँकेका रहेका छन् । त्यसमा पनि धेरैजसो नेपालगन्ज उपमहानगरका रहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ