२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा कोरोना संक्रमित वृद्धाको मृत्यु

बुटवलमा कोरोना संक्रमित वृद्धाको मृत्यु


बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । अर्घाखाँची शीतगंगा नगरपालिका–३की ७० वर्षीया वृद्धाको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

चैत २९ गते कोरोना संक्रमण पुष्टी भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

पछिल्लो एक हप्तामा यस अघि कोरोना विशेष अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ