२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला

काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला


काठमाडौं-केही दिनयता नेपालमा कोभिड-१९ को संक्रमण तीब्र रुपमा फैलिरहेको छ । त्यसको सबैभन्दा उच्च सख्या काठमाडौंमा देखिएको छ ।

शनिबार पनि काठमाडौंमा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंपछि सबैभन्दा बढी कोरोना संक्रमण पुष्टि भएको जिल्ला ललितपुर हो । ललितपुरमा शनिबार ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै शनिबारसम्म काठमाडौंसहित देशका ६ जिल्लामा रेड जोनमा परेका छन् ।

रोड जोनमा परेका अन्य जिल्लाहरुमा ललितपुर, कास्की, बाँके, रुपन्देही, पर्सा रहेका छन् । यी जिल्लाहरुमा सक्रिय संक्रमितको संख्या २ सय १ भन्दा बढी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ