२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेरी अस्पतालमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु

भेरी अस्पतालमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु


नेपालगन्ज—नेपालगन्जस्थित भेरी अस्पतालमा २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन जना संक्रमितको तीन घण्टाको फरकमा मृत्यु भएको हो ।

‘२४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ,’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘उहाँहरु तीनै जना कोरोना संक्रमण भएपछि उपचाररत हुनुहुन्थ्यो ।’

जिल्ला संकट व्यवस्थापन समिति बाँकेकाअनुसार बेलुका ७ बजे राजापुर—१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ—८ निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको थियो ।

राति साढे ९ बजेपछि दैलेख नारायण—१ का ६८ वर्षीया महिलाको पनि मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ