२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभेरी अस्पतालमा गरिएको परीक्षणमा ९२.६ प्रतिशतमा कोरोना संक्रमण

भेरी अस्पतालमा गरिएको परीक्षणमा ९२.६ प्रतिशतमा कोरोना संक्रमण


नेपालगन्ज—भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ९२.६ प्रतिशतमा कोरोना संक्रमण पाइएको छ । अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८१ वटा नमुना पिसिआर परीक्षण गर्दा ७१ जनामा कोभिड—१९ को संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालामा परीक्षण गरिएका उक्त नमुनाहरु श्वासप्रश्वास सम्बन्धि समस्या भएका, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको सिफारिस संकलन गरिएको अस्पतालले जनाएको छ ।

‘यी नमुनाहरू स्वास प्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूबाट चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा गरिएकोले पोजेटिभ रेट यति उच्च आएको हो,’ अस्पतालले भनेको छ, ‘समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरेर परिक्षण गर्नु आवश्यक छ ।’

तीब्र रुपमा कोभिड केसहरु देखिन थालेपछि अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेसन वार्डको १०२ बेड, शकास्पद बिरामीलाई राख्ने ४० शैय्याको प्रिआइसोलेसन लगभग भरिसकेको अस्पतालले जनाएको छ । ‘१५ शैय्याको कोभिड आइसियु पनि प्याक भैसकेको छ,’ अस्पतालले भनेको छ, ‘संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको छ ।’

त्यसकारण अस्पतालले भिडभाड नगर्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र रुघाखोकी, ज्वरोको लक्षण देखा परेमा आइसोलेसनमा बस्न अनुरोध समेत गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ